Logo
Logo
माओवादीको आठौं महाधिवेशन

माओवादीको विधान संशोधन, १५ पदाधिकारीसहित २९९ सदस्य निर्वाचित हुने




काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट १५ जना पदाधिकारी निर्वाचित हुने भएका छन् ।

महाधिवेशन उद्धघाटनअघि आज बिहान काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले अन्तरिम विधानमा संशोधन गर्दै केन्द्रीय समितिमा पदाधिकारी संख्या १५ जना हुने टुंगो लगाएको छ ।

केन्द्रीय समितिबाट पारित विधान अनुसार एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ । १५ पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय समिति महाधिवेशनबाट निर्वाचित हुनेभएका छन् ।

यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसलाई पनि महाधिवेशनमा रुपान्तरण गरेको छ । स्थायी समितिको निर्णय अनुमोदन गर्दै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय बैठकले अनुमोदन गरेको स्थायी समितिका सदस्य गणेश साहले बताए ।

माओवादी केन्द्रको अन्तरिम विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव सहित २९९ सदस्यीय केन्द्रीय समिति महाधिवेशनबाट गठन हुने उल्लेख गरिएको थियो ।

महाधिवेशनको आज काठमाडौं कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ । महाधिवेशनका लागि सम्पुर्ण तयारी पुरा भएको माओवादी केन्द्रले जनाएको छ । महाधिवेशनमा देशैभरीका १६ सय ८ जना प्रतिनिधि सहभागि हुदैछन् ।

प्रतिक्रिया दिनुहोस्