Logo
Logo

सेन्ट्रल जोन भलिबल : उज्वेकिस्तानलाई हराउँदै नेपाल फाइनलमा



काठमाडौं । नेपाल एभिसी एसियन सेन्ट्रल जोन भलिबल अन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा उज्जेकिस्तानलाई पराजित गर्दै नेपाली महिला टोली खेल बाँकी हुँदै फाइनलमा पुगेको हो ।

साविक विजेता नेपालले उज्जेकिस्तानलाई ३-० को सोझो सेटले पराजित गर्यो । पहिलो सेटमा नेपालले २५–२० को जित निकालेको थियो । दोस्रो सेटमा नेपालले २५-२३ र तेस्रो सेटमा २५-१४ को जित निकाल्यो ।
यो जितसँगै नेपालले राउनड रोविनको एक खेल बाँकी हुँदै फाइनलमा प्रवेह गरेको हो ।

अपराजित रहेको नेपालको चार खेलबाट ११ अंक जोडेको छ । श्रीलंका १० अंक जोडेर दोस्रो स्थानमा छ भने उज्वेकिस्तानको ९ अंक छ । किर्गिस्तानको ६ तथा बंगलादेश र माल्दिभ्सले अंकको खाता खोल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्