Logo
Logo

माओवादी केन्द्रको आठौं महाधिवेशन सुरु



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । आइतबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन सुरु भएको हो ।

कार्यक्रमको सञ्चालन गर्दै स्थायी समिति सदस्य जनार्दन शर्माले नेपाली समाजको निरन्तर रुपान्तरण, क्रान्तिकारी परिवर्तन, राष्ट्रको समृद्धि र विकासको लागि पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्ने वैचारिक, राजनीतिक र संगठनात्मक प्रतिवेदनमा व्यापक छलफल, बहसका बीचबाट विचारको विकास र परिमार्जन गर्ने मुख्य कार्यभार महाधिवेशनको रहेको बताए ।

माओवादीले महाधिवेशनअघि राष्ट्रिय सम्मेलनको तयारीलाई अन्तिम चरणमा पुर्‍याएको थियो । तर, शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तर गर्ने निर्णय गरेको थियो। जसलाई आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले पनि अनुमोदन गरिसकेको छ । महाधिवेशन भने १५ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्