Logo
Logo

देश बनाउन सबै पार्टी एकजुट हुनुपर्छ : कुन्ती शाही



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महामन्त्री कुन्ती शाहीले देश बनाउनका लागि सबै पार्टी एकजुट हुनुपर्ने बताएकी छन् ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै शाहीले माओवादी केन्द्र र आफ्नो पार्टीको विचारधारा फरक भएपनि अब देश बनाउने नीतिमा एकमत हुनुपर्ने बताइन् ।

उनले भनिन्– ‘हामी वादा तिर होइन, विचारतिर होइन राष्ट्रियता बलियो बनाउनतिर लागौं । युवालाई स्वादेशमै रोजगारी निमार्ण गर्नतिर लागौं । र, एउटा बलिायो अर्थतन्त्र भएको राष्ट्रियता बनाउन, देश निमार्ण गर्न सबै दलहरु एकठाउँमा जुटौं ।’

शाहीले अबको राजनीति नेपाली जनताले खोजेको जस्तो हुनुपर्ने पनि बताइन् । विदेशीहरुको चलखेल पूर्ण रुपमा निस्तेज गर्ने कुरामा सबै दल एक ठाउँमा रहेको भन्दै शाहीले जनताको जीवनस्तर उकास्न र रोजगारीका लागि युवाहरु खाडी मुलुकमा जानुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्