Logo
Logo

पूर्वमाओवादी एकताका लागि तयार छौं : सीपी गजुरेल



काठमाडौं । नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेलले आफूहरु पूर्वमाओवादी एकताका लागि तयार रहेको बताएका छन् । कम्युनिष्ट पार्टीहरुबीच एकीकरणका आधार तयार गर्नुपर्ने उनको भनाइ रहेको छ ।

आजदेखि काठमाडौंमा सुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा शुभकामना दिँदै नेता गजुरेलले जनयुद्धको लक्ष्य र उद्देश्य पूरा गर्न पूर्वमाओवादीहरुबीच एकता गर्न सकिने बताएका छन् ।

पूर्वमाओवादीका नेतासमेत रहेका गजुरेलले विगतका कुरा सम्झिदै विभिन्न समूहमा विभाजित माओवादी पार्टीहरुबीच एकता हुनुपर्नेमा जोड दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि गरेको आग्रहलाई समेत सम्झदै नेता गजुरेलले जुन उदेश्यका साथ जनयुद्धमा बलिदानी गरिएको थियो त्यसलाई पुरा गर्नका लागि एकताको विकल्प नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्