Logo
Logo

दुधकोशी जलविद्युत् आयोजनाको टनेल पाइप फुट्दा दुई इन्जिनियरको मृत्यु



सोलुखुम्बु । सोलुखुम्बुमा निर्माण भइरहेको सोलुखोला दुधकोशी जलविद्युत् आयोजना परीक्षणको क्रममा दुई इन्जिनियरको मृत्यु भएको छ । सो घटनामा अर्का एक घाइते भएका छन् ।

आइतबार साँझ टनेल पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप फुटेर दुर्घटना भएको थियो । सो दुर्घटनामा घाइते भएका तीनैजनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएकोमा दुईजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

मृत्यु हुनेमा माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछाममा सुवास रेग्मी र काभ्रे घर भएका कन्सल्ट्यान्ट इन्जिनियर अर्जुन थापा छन् । म्यानेजर मोहम्मद राइन गम्भीर घाइते रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्