Logo
Logo

समाजवादी प्रेस संगठन पर्साको अध्यक्षमा मनोज पटेल



वीरगंंज । समाजवादी प्रेस संगठन नेपाल पर्साको जिल्ला कार्य समिति गठन भएको छ ।

नेकपा (एकीकृत समाजवादी) पर्साका प्रचार विभाग प्रमुख तथा संगठनका केन्द्रीय सदस्य राघव साहको अध्यक्षतामा सम्पन्न गरिएकाे हाे । जिल्ला भेलाले मनोज पटेलको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।

नवगठित संगठनको उपाध्यक्षमा शम्भु कुमार सुमन, महिला उपाध्यक्षमा प्रकृति अधिकारी, सचिवमा अजय चौरसिया, सहसचिवमा अमित अग्रवाल, बिनोद पटेल र कोषाध्यक्षमा हरिशंकर शर्मा चयन भएका छन् ।

यस्तै, संगठनको सदस्यहरुमा नरेश सर्राफ, संतोष साह, दिपेन्द्र गिरी, दिपक चौरसिया, रञ्जित चौरसिया, श्याम पासवान, शंकर पटेल, अर्जुन गुप्ता, आशमहमद अंसारी, सरोज पटेल, जय यादव, सानु साह, अनुप यादव, रामेश्वर चौरसिया, आर के जयसवाल, श्रीराम रौनियार लगायतका रहेका छन् ।

वीरगंजस्थित होटल मकालुमा भएको भेलामा संगठनका केन्द्रीय सदस्य साहले समितिको घोषणा गरेका थिए । भेलाले संगठनको सल्लाहकारमा संजय साह, सरोज खड्का लगायतकालाई चयन चयन गरेको छ ।

एकिकृत समाजवादीका पोलिटब्युरो सदस्य एवम् प्रदेश नम्बर २ का उपाध्यक्ष रामचन्द्र साहको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य चिरञ्जीवी आचार्य, केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य बृजलाल पासवान, रेविन्द्र कार्की, जितलाल श्रेष्ठ, रमेश सुवेदी, बाराका अध्यक्ष अजय साह लगायतले शभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्