Logo
Logo

सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई



काठमाडौं । एभिसी एसियन सेन्ट्रल जोन भलिबलअन्तर्गत महिलातर्फको उपाधि नेपालले जितको छ । मंगलबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ सेटले पराजित गर्दै उपाधि जितेको हो ।

नेपालले उज्वेकिस्तानलाई पहिलो सेटमा २६-२४ पारजित गरेको थियो । दोस्रोमा नेपाल २६-२४ ले पराजित भएको थियो । तेस्रो सेटमा भने नेपालले २५-१५ ले सहजै जित्दै खेलमा २-१ को अग्रता बनायो ।

चौथो सेटमा उज्वेकिस्तानले फेरि कमब्याक गर्दै २५-२२ ले सेट आफ्नो पक्षमा पार्दै खेल २-२ को अवस्थामा पुर्‍यायो । त्यसपछि पाँचौ तथा निर्णायक सेट १५-११ ले जित्दै नेपालले उपाधि जित्यो ।

यसअघि नेपालले बंगलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्