Logo
Logo

एनसीसी बैंक र होटल सिराइचुलीबीच विभिन्न अफरसहितको सम्झौता



काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त एनसीसी बैंकले ग्राहकमाझ थुप्रै खालका सेवा सुविधाहरु ल्याउँदै आएको छ । बैंकले ल्याएका विभिन्न खालका नयाँ र आकर्षक सेवा सुविधाले ग्राहकहरु झन् आकर्षित भइरहेका छन ।

हालै एनसीसी बैंक र चितवनको भरतपुरमा रहेको तारतारे होटल सिराइचुलीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको छ । बैंक र होटलबीच एनसीसी बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीलाई होटलमा उपलब्ध विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउनेबारे सम्झौता भएको हो । होटलले फुड एण्ड बेभरेजमा १० प्रतिशत र एकोमोडेसनमा २५ प्रतिशत छुट उपलब्ध गराउनेछ ।

हालसम्म एनसीसी बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन एनसीसी बैंकले इन्स्टयान्ट कार्डको व्यवस्था पनि गरेको छ । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा ११ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम बुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकमाझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्