Logo
Logo

‘सैंतिसौं बसन्त’



सुख दुख पार गर्दा गर्दै आज
प्रेम बन्धन सैंतिसौं बसन्त तरेछ ।
इच्क्ष आकंक्षहरु ताजै छाड्दै
तन त रकेट सरी अघि बढेछ ।।

अघिलो वर्ष चिल्लै थियौं
अब त चाउरी देख्न थालेछ ।
माया गर्ने प्राकृतिले पनी
अब पाखा लाउन थालेछ ।।

अस्ति सम्म अंकल आन्टी
अब बाजे बजै भन्न थालेछ ।
मानौं योवनको चुरी फुरी अब
देउराली काटी ओरालो लागेछ ।।

पहिले दौडिने बाटोहरुमा पनी
ठेस लागी अपमान हुन थालेछ ।
सजिलो तेर्सो बाटोहरुमा पनी
सिंडी चडेको भान हुन थालेछ ।।

जोश जाँगार र हिम्मतले अब
कसैको भर माग्न थालेछ ।
गन्तब्य पुर्याउने आँटले पनी
आत्मालाई ढाँट्न थालेछ ।।

तनहरुले धोका दिए पनी हेर
मनको रहर सङ्ग रमाउला ।
प्राकृतिको नीति अंगाल्दै अब
सुस्तरी सुस्तरी अघी बडौला ।।

सुख दुखः पार गर्दा गर्दै आज
प्रेम बन्धन सैंतिसौं बसन्त तरेछ ।।।

ज्ञान बहादुर लामा ‘दोङ’

प्रतिक्रिया दिनुहोस्