Logo
Logo

७ वटा विमान आकाशमा फनफनी घुम्दै



काठमाडौं । बाक्लो कुहिरो र हुस्सुका कारण आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ठप्प भएको छ । विमास्थल ठप्प हुँदा ७ वटा अन्तराष्ट्रिय विमानले आकाशमा फन्को मारिरहेका छन् ।

काठमाडौँको विमानस्थल हुस्सुले ठप्प भएपछि जजिरा एयरलाइन्सका दुई, हिमालय एयरलाइन्सका तीन र कतार तथा फ्लाई दुबईका एक एक विमानले निजगढको आकाशमाथि फन्को लगाईरहेका छन् ।

हुस्सुका कारण भिजिबिलिटी कम भएपछि विमान आकाशमै फन्को लगाउन बाध्य भएका छन् । हुस्सुका कारण आन्तरिक विमान पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उड्न सकेका छैनन ।

यसरी फन्को लगाइरहेका धेरैजसो विमान कतारको दोहाबाट आएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्