Logo
Logo

एक-डेढ घण्टामा उडान अवतरण गर्न मिल्ने मौसमविद्को भनाई


1.4k
Shares

काठमाडौं । बिहानैदेखि लागेको बाक्लो हुस्सु, कुहिरोका कारण काठमाडौंको भिजिबिलिटी घटेको छ । यसले गर्दा आन्तरिक र बाह्य उडान अवतरण भएको छैन् ।

बाक्लो हुस्सुले अवतरण हुन नसकेपछि काठमाण्डौ आएका आठ वटा जहाज आकाशमै घुमिरहेका छन् ।तर, काठमाडौं उपत्यकामा लागेको बाक्लो हुस्सु, कुहिरो बिस्तारै हट्न थालेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बिहान एक सय मिटरमा झरेको भिजिबिलिटी अहिले दुई सय मिटरमा पुगेको छ । अबको एकढेड घण्टा पछि उडान अवतरण गर्न मिल्ने गरी भिजिबिलिटी बढ्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्