Logo
Logo

‘सुन माया’ भन्दै रुकमानको पछि-पछि सुष्मा ! (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ जेठ । एउटा यस्तो गीतको भिडियो सार्वजनिक भएको छ । जसमा अभिनय गर्ने दुवै गाउने कलाकार हुन् । गायिका तथा सञ्चारकर्मी सुष्मा राईको स्वरमा ‘सुन माया’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा गायिका सुष्मा र गायक तथा मोडल रुकमान लिम्बूले अभिनय गरेका छन् ।
पछिल्लो समय गायनका अलावा मोडलिङ र फिल्मी अभिनयमा समेत व्यस्त हुँदै आएका रुकमान र सञ्चारकर्मीसमेत रहेकी गायिका सुष्माको केमेष्ट्रि भिडियोमा गजबले जमेको छ । भिडियो कोरियन शैलीमा निमार्ण गरिएको छ ।
सार्वजनिक गीतमा गायिका सुष्माकै शब्द रहेको छ भने संगीत कल्याण सिंहले गरेका हुन् । दिनेश श्रेष्ठले एरेञ्ज गरेको यस गीतको भिडियोलाई वियोण्न् शाहीले निर्देशन गरेका हुन । यस गीतको भिडियोलाई अहिलेका युवापुस्ता केन्द्रित निर्माण गरिएको छ । सुष्माको स्वरमा समेत केही फरकपन पाइन्छ । लोकपप शैलीको यस गीतलाई दर्शक तथा श्रोताले रुचाउनेमा गायिका सुष्मा आशावादी छिन् ।

प्रतिक्रिया दिनुहोस्