Logo
Logo

विद्यार्थी र कर्मचारीको स्मृतिमा रक्तदान



बुटवल । बुटवल उपमहानगरपालिका-१५ ढवाहामा रहेको वेस्टर्न मेघा कलेजले कोरोना तथा विभिन्न दुर्घटनामा परि मृत्यु भएका विद्यार्थी, कर्मचारीको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कलेजले स्व. दीपक पान्डेय, स्व. इन्द्र बहादुर राना, हेमराज चन्द ठकुरी, अर्जुन कुमार अधिकारी सन्जु खनाल र गणेश पोख्रेलको स्मृतिमा खेल्कुद सप्ताह कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम गरेको हो । रक्तदान सँगसँगै सुरु भएको खेलकुद सप्ताह अर्को साताको आइतबार ट्राफिक सचेतना कार्यक्रम संगै अन्त्य हुनेछ ।

स्वस्थ मानिसले प्रत्येक ३ महिनामा रक्तदान गर्न सकिने र रक्तदान गर्दा शरीरलाई कुनै प्रकारको असर नगर्नी र आफुले पनि त्यही कुरालाई मध्नजार राखेर प्रथम पटक रक्तदानमा सहभागी भएको विद्यार्थीहरुले बताएका थिए ।

विद्यार्थीहरुको सामाजिक उत्तरदायित्व वहन गर्न सिकाउन यस्ता कार्यक्रम उपयोगी हुने क्यापम्सका अध्यक्ष मेघराज पन्थले बताए । यस कलेजका बिद्यार्थी हरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनको भनाई छ ।

रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको कलेजले जनाएको छ । जसमा कलेजका विभिन्न कर्मचारी तथा बिद्यार्थी गरि ४५ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्