Logo
Logo

टुँडिखेलमा देखिएको गणतन्त्र दिवशको उत्साह (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


तस्बिर : रासस

काठमाडौं, १५ जेठ । आज १५ जेठ । देशमा गणतन्त्र स्थापना भएको ठ्याक्कै १२ वर्ष पुग्यो । १२औँ गणतन्त्र दिवसको अवसरमा आज (बुधबार( राजधानीको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शनसँगै पुष्पवृष्टि गरिएको थियो । मुलुकको राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदहरुप्रति एक मिनेट मौनधारण गर्दै गणतन्त्र दिवशको सुभारम्भ गरिएको थियो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री, केपी शर्मा ओली, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले शान्तिका प्रतिक एक–एक जोडी परेवा उडाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको समारेहमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले राष्ट्रभक्ति जगाउने राष्ट्रिय धुन प्रस्तुत गर्नुका साथै नेपालको लोकप्रिय नृत्य मारुनी र कौरा प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्