Logo
Logo

यातायात कार्यालय गुर्जुधाराबाट १६ बिचौलिया पक्राउ



काठमाडौं । यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट १६ जना बिचौलिया पक्राउ परेका छन् ।

चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयबाट सोमबार दिउँसो १६ जना बिचौलियालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ बस्‍ने २३ वर्षीय सुबिन लामा, चन्द्रागिरि ५ का २४ वर्षीय शौरव श्रेष्ठ, चन्द्रागिरीकै २७ वर्षीय राजेश खड्की, चन्द्रागिरिकै २१ वर्षीय रविन कार्की, चन्द्रागिरिका २५ वर्षीय अजय महर्जन र चन्द्रागिरिकै २६ वर्षीय हरिकृष्ण पहरी रहेका छन् ।

यस्तै धरानका २७ वर्षीय राकु तामाङ, अछाम घर भएका २१ वर्षीय एकेन्द्र बुढा, ओखलढुंगा घर भएका ३८ वर्षीय विरेन्द्र कटुवाल, तनहुँ घर भएका २३ वर्षीय शुसान्त राजभण्डारी, मकवानपुर घर भएका १९ वर्षीय विशाल लामा, रोल्पा घर भएका २३ वर्षीय जीवन मगर, झापा घर भएका २८ वर्षीय विशाल मेचे, ओखलढुंगा घर भएका २१ वर्षीय विवेक न्‍यौपाने, ललितपुर घर भएका ३४ वर्षीय रुद्रबहादुर महत र सिन्धुपाल्चोक घर भएका २१ वर्षीय छिरिङ तामाङ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कार्यालयमा आउने सेवाग्राहीहरूलाई लाग्ने दस्तुर भन्दा बढी लिएर छिटो काम गरिदिने भन्दै अनावश्यक हैरानी दिएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई पक्राउ गरी मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसूरमा अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्