Logo
Logo

भन्सारमा घुस


- दृष्टि न्युज/संवाददाता


काठमाडौ, १५ जेठ ।
जिल्ला कैलाली, भन्सार कार्यालय टीकापुरका एजेन्टका सहयोगी राम बहादुर साउद घुससहित पक्राउ परेका छन् ।

भारतबाट सामान ल्याउने नेपाली ब्यपारीको पूर्ण भन्सार महसुल काटी सोको रसिद उपलब्ध गराई सकेपछि पनि भन्सार छुट गराई दिएको भनी सेवाग्राहीसँग उनले घुस मागउका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले १५ हजार रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्