Logo
Logo

बझाङ र डडेल्धुराका युवालाई नबिल बैंकको व्यवसाय कर्जा



काठमाडौं । नबिल बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

नबिल बैंकले बित्थडचिर गाउँपालिका र आलिताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकाश र वित्तीय पहुँचको लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त साझेदारी मार्फत उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न कर्जा उपलब्ध गराउने छ ।

यस्तै बैंकले बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउने उदेश्यका साथ उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धि ८ दिने तालिम कार्यक्रम सुरु भएको छ ।

यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो । यस कार्यक्रमले स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याई देशभित्रै युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विकाशमा योगदान गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।

पञ्चेश्वर गाउँपालिकाले युवा उद्यमका लागि आव्हान गरेको सूचनामा दरखास्त दिई छनौट भएका युवाहरु पुस ११ देखि १८ सम्म संचालन हुने यस ७ दिने तालिम कार्यक्रममा १२० जना सहभागी भएका थिए । तालिममा ४०० जनाले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्