Logo
Logo

माओवादीको केन्द्रीय सदस्यको संख्या २४६ पुग्यो (सूचीसहित)



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यको संख्या २४६ पुगेको छ ।

यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नामावली महाधिवेशनको बन्दसत्रमा पेश गरेका थिए । उनले पेश गरेको नाम महाधिवेशन प्रतिनिधिले सर्वसम्मत पारित गरेका थिए ।

सोमबार २४६ जनाको नामावली माओवादीले सार्वजनिक गरेको छ । प्रचण्डले २३६ जनाको नाम बाचन गरेको भएपनि हलको सुझावका आधारमा १० जनाको नाम थप गरेर २४६ जना पुगेको निर्वाचन समितिले जनाएको छ ।

पार्टी विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय रहने व्यवस्था छ । बाँकी रहेका सदस्य मनोनीत हुनेछन् । त्यस्तै माओवादीको पदाधिकारी १५ सदस्यीय हुने व्यवस्था छ ।

त्यसमा अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६ जना, महासचिव एक जना, उपमहासचिव दुई, सचिव तीन, कोषाध्यक्ष एक जना रहने व्यवस्था छ । महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यहरुको हिजो (सोमबार) शपथ गरिसकेका छन् ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्षमा प्रचण्ड सर्वसम्मत निर्वाचित भएका थिए । वाँकी पदाधिकारी पुस २५ गते बस्ने केन्द्रीय समितिको बैठकबाट टुंगो लाग्ने माओवादी नेता कृष्णबहादुर महराले बताए ।

प्रतिक्रिया दिनुहोस्