Logo
Logo

शोभाकान्त ढकाल राजस्व छलीमा पनि संलग्न



काठमाडौं । ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल राजस्व छली प्रकरणमा पनि तानिएका छन् । राजस्व अनुसन्धान विभागले ढकालविरुद्ध राजस्वी छलीको मुद्दा पनि दर्ता गरेको हो ।

विभागले ढकालसहित पाँच जनाविरुद्ध १ अर्ब २० करोड, ४९ लाख १७ हजार ८२४ रुपैयाँ राजस्व छली गरेको आरोपमा उच्च अदालत पाटनमा मुद दायर गरेको हो ।

उनीहरुविरुद्ध १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ विगो र त्यति नै जरिवाना गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ असुल गर्न र ३ वर्ष जेल सजाय गर्न माग गरिएको छ ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा विशेष अदालतको आदेशमा ढकाल हाल थुनामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्