Logo
Logo

नारायणहिटीभित्र रेस्टुरेन्ट बनाउने काम रोक्न मन्त्री आलेको निर्देशन



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोक्न आदेश दिएका छन् ।

मन्त्रीको निर्देशनपछि निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको हो ।

पत्रमा भनिएको छ- ‘।सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य रोक्न हुन जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ ।

बतास अर्गनाइजेसन समूहको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट नामक कम्पनीलाई उक्त जग्गा भाडामा दिइएको थियो । स्रोतका अनुसार बीपीएसले मासिक २ लाख २० हजार मात्र भाडा बुझाउने गरी उक्त जग्गा लिजमा लिएको छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं सङ्ग्रहालयका संरक्षक योगेश भट्टराई र सचिव यादवप्रसाद कोइरालाको कार्यकालमा सो जग्गा भाडामा दिइएको थियो ।

जग्गा भाडामा लगाउन समेत कोरोना महामारीका कारण जारी निषेधाज्ञाको समयमा २०७७ साउनमा बोलपत्र आह्वान गरिएको थियो । आवश्यक नक्सा पास तथा स्थलगत नापजाँचसमेत नगरिएको महानगरपालिकाका एक कर्मचारीले बताउँछ ।

निजी तथा सरकारी जग्गामा कुनै पनि भौतिक संरचना निर्माण गर्दा सम्बन्धित स्थानीय तहबाट नक्सा पास गर्नुपर्ने कानुनी प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्