Logo
Logo

गौरमा जनमत पार्टीको विरोध प्रदर्शन


रुपेन्द्र पटेल


रौतहट । किसानको मागलाई लिएर जनमत पार्टीले मंगलवार रौतहट सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शन कार्यक्रम जनमत पार्टीका केन्द्रीय सदस्य ललित मल्लिकको नेतृत्वमा सो पार्टीका नेता कार्यकर्ताहरुले विभिन्न नारा बाजी गर्दै गौर नगरमा परिक्रमा गर्दै वीपी चोकमा पुगेर कोर्ण सभामा परिणत गरेका थिए ।

कोर्ण सभालाई सम्बोधन गर्दै केन्दीय सदस्य मल्लिकले वर्तमान सरकार किसानहरुको जायत मागलाई वेवास्ता गरेको आरोप लगाए । किसानहरुलाई सर्वसुलभ ढंगबाट विऊ–विजन, मलखाद्य लगायतको सहज आपूर्ती गर्न असक्षम रहेको कारण अहिले अनावश्यक किसानहरु चर्को मूल्य तिरेर उक्त सामाग्रीहरुको जोहो गर्नु परेको बताए ।

सबैभन्दा पीडित कृषकहरु नै रहेको हुँदा वर्तमान सरकार किसानहरुप्रति उदासीन भएकाले आन्दोलनमा उत्रिनु परेको उनले बताए । किसानहरुको माग पूरा नभएसम्म ओन्दोलन जारी राख्ने चेतावनी दिए ।

जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटले सोमबारबाट रौतहट बन्द गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्