Logo
Logo

राजवंशीको अध्यक्षतामा अनेरास्ववियू एकिकृत समाजवादी कमिटी गठन



झापा । मेचीनगरस्थित काँकरभिट्टा उच्च माविमा राजीव राजवंशीको अध्यक्षमा अनेरास्ववियू एकीकृत समाजबादी कमिटी गठन भएको छ ।
कमिटिको उपाध्यक्षमा दीपिका लामिछाने, बिशाल अधिकारी, कञ्चन प्रसाई, सचिवमा शैलेश निरौला, सह–सचिवमा देविका प्रसाई, पुजा पाण्डे, निश्चिता राना, कोषाध्यक्षमा दिक्षा पाण्डेसहित ७७ सदस्यीय सर्वसम्मत चयन भएका छन् ।

काँकरभिट्टा उच्च माविको परिसरमा बुधबार आयोजित अनेरास्ववियू एकीकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष हरिप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकीकृत समाजवादी केन्द्रीय परिषद् सदस्य सुभद्रा भट्टराईको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा एकिकृत समाजबादीका नगर कमिटि सदस्य सुवर्ण भट्टराई, जिल्ला कमिटी उपाध्यक्ष बिनम सरदार, जिल्ला कमिटि सदस्य बिक्रम दुलाल, बिश्वास दाहाल, दिक्षा खड्का, सुरज राजवंशीलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्