Logo
Logo

वाणिज्य बैंक र ‘खल्ती डिजिटल वालेट’ बीच सम्झौता



काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ । यस सम्झौताले राष्ट्रिय वाणिज्य बैंकका प्रयोगकर्ताहरूलाई मोबाइल बैंकिङ एपमार्फत खल्तीमा पैसामा राख्न गर्न सम्भव बनेको हो ।

यो साझेदारीसँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले अब खल्ती वालेटमा बिना झन्झट ‘खल्ती’ पैसा राखी सबै प्रकारको भुक्तानी गर्नसक्ने भएका छन् । उक्त सम्झौतासम्बन्धी खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताउँछन् ।

‘राष्ट्रिय वाणिज्य बैंकसँगको साझेदारीले निश्चितरूपमा बैंक र खल्तीका लाखौं ग्राहकले भुक्तानी, वित्तीय सेवा र गतिशीलताको आनन्द लिन सक्नेछन् र हामी यस साझेदारी साँच्चै उत्साहित छौं । यो पार्टनरसीपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा सावित हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।’

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवं नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानीजस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभि टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजार सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ । यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्तालाई समयका साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्