Logo
Logo

एनआईबिएल समृद्धि फण्ड–१ खारेज हुँदै, पुस २२ गते बिहीबार अन्तिम कारोबार हुने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको कोष प्रवद्र्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड–१ खारेज हुने भएको छ ।

योजनाको सातवर्षे अवधि समाप्त भएसँगै योजना खारेजी हुने भएपछि नेप्सेमा भोलि पुस २२ गते बिहिबार ३ बजे (दोस्रो बजार कारोबार बन्द)पछि फण्ड इकाईको कारोबार बन्द हुने भएको एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

एनआईबिएल समृद्धि फण्ड–१ पुस २२ गते परिपक्क हुनेछ । सामूहिक लगानी कोषको नियमावलीअनुसार योजना अवधि समाप्त भएमा योजना खारेजीमा लानुपर्ने व्यवस्थाअनुसार खारेज गर्न लागिएको जनाइएको छ ।

यसका लागि नियमावलीमा भएका व्यवस्था र प्रचलित कानूनको अधिनमा रही योजना खारेजी प्रक्रियामा लगिने कुरा उल्लेख गरी एनआईबिएल एस क्यापिटलले जनाएको छ । प्रचलित कानुनी प्रक्रिया पूरा गरेर योजना खारेजीपश्चात इकाईधनीहरूलाई उनीहरुको स्वामित्वको आधारमा भुक्तानी हुनेसमेत एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्