Logo
Logo

रोटरीद्वारा न्यानो कपडा वितरण



काठमाडौं । रोटरी क्लब अफ काठमाडौं बेष्टले स्याटलाइट क्लब टिस्टुङमार्फत नागदह प्राथमिक विद्यालयका छात्रछात्राहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

रोटरियन किरणकृष्ण जोशीको सहयोगमा उक्त विद्यालयमा १ देखि ५ कक्षामा अध्ययनरत ९४ जना विद्यार्थीलाई न्यानो कपडा (उनको स्वीटर) वितरण गरिएको हो ।

पुस २१ ग्ते विद्यालय प्राङ्गणमा आयोजित न्यानो कपडा वितरण समारोहमा विद्यालय सञ्चालक समितिका अध्यक्ष लालबहादुर वाइबा, प्रअ जोगबहादुर घलान, कर्ण लामा, स्याटलाइट क्लबका विक्रम जोशी र प्रमोदकृष्ण जोशीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्