चीनको कोइला खानीमा दुर्घटना, ५ को मृत्यु « Drishti News – Nepalese News Portal
Logo

चीनको कोइला खानीमा दुर्घटना, ५ को मृत्यु


- दृष्टि न्युज/संवाददाता


चाङ्शा, १५ जेठ (सिन्ह्वा) । चीनको हुनान प्रान्तमा भएको कोइला खानी दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
लोङटान नगरको झिङलोङ कोइला खानीमा मंगलबार अपराह्न करिब ५ बजे उक्त दुर्घटना भएको थियो । घाइतेहरुलाई तत्कालै उद्धार गरी अस्पताल पु¥याइए पनि पाँच जनाको ज्यान गएको थियो । घाइते एक मजदूरको अस्पतालमा उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानमा खानीको सुरुङभित्र एकाएक फैलिएको विषालु ग्याँसका कारण मजदूरहरु सख्त घाइते भएको देखिएको छ । ग्याँसका कारण सुरुङभित्र अक्सिजनको अभाव भएको थियो । स्थानीय सरकारले खानी दुर्घटना न्यूनीकरण गर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्