Logo
Logo

वाइडबडी प्रकरणमा मुछिएका पर्यटन मन्त्री अधिकारीले किन राखे पत्रकार सम्मेलन ?



काठमाडौं ।
वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पत्रकार सम्मेलन बोलाएका छन्। नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाज बारे उठेका समसामयिक विषयबारे जानकारी दिन आज विहान सोमबार १० बजे मन्त्री अधिकारी, सचिव र सम्बद्ध अधिकारीको उपस्थितीमा पत्रकार सम्मेलन हुने पर्यटन मन्त्रालयले जनाएको छ।

१८ पुसमा संसदको सार्वजनिक लेखासमिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिवेदनमा वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर गरेको छ भने सो अनियमिततामा मन्त्री अधिकारीसहित मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार, तत्कालीन पर्यटन सचिव प्रेमकुमार राई र शङ्कर अधिकारीलाई समेतलाई तत्काल निलम्बन गरी कारवाही गर्न सिफारिस गरिएको छ ।

पर्यटन मन्त्रालयले मन्त्रीको राजिनामाका सम्बन्धमा भ्रम फैलाईएको र तत्काल मन्त्रीले राजिनामा नदिने जानकारी गराएको छ । पर्यटन मन्त्रायले टिवट गर्दै पर्यटनमन्त्रीले राखे आकस्मिक पत्रकार सम्मेलन, राजीनामाको तयारी, समाचार प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

अधिकारी निकट स्रोतका अनुसार पत्रकार सम्मेलनमा वाइडबढी प्रकरणमा आफ्नो संलग्नता नभएको विषयमा उनले प्रमाणहरु पेश गर्ने छन् । 

प्रतिक्रिया दिनुहोस्