काठमाडौं । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमासवार युवतीको मृत्यु भएको छ । मोटर साइकल चालक घाइते भएका छन् ।
स्वयम्भुबाट बल्खुतर्फ जाँदै गरेको प्रदेश ३–०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल बिहीबार अनियन्त्रित भइ सडक डिभाइडरमा ठोक्किएको थियो । प्रहरीका अनुसार सो दुर्घटनामा धादिङ घर भई काठमाडौंको नैकाप बस्दै आएकी २७ वर्षीया सोफिया श्रेष्ठको मृत्यु भएको हो । उनको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मोटरसाइकल चालक गोरखाका ३१ वर्षीय रामशरण ढकालको सोही अस्पतालमा उपचार भइरहेको छ ।














