Logo
Logo

जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ


0
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जीबी राईको भनिएको अडियो प्रायोजित हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।

The current image has no alternative text. The file name is: Harka-sampang.jpg

सामाजिक सञ्जालमा लेख्दै उनले आशङ्का व्यक्त गरेका हुन् । उनले उक्त अडियो खगेन्द्र सुनारको अडियोबाट विषयान्तर गर्ने बहाना हुन सक्ने समेत बताएका छन् ।

साम्पाङले जीबी राईको अडियोको उद्देश्य र त्यसको समयसन्दर्भमाथि प्रश्न उठाउँदै यो विषय अन्य मुद्दाबाट ध्यान मोड्ने प्रयास हुन सक्ने संकेत गरेका छन् । 

‘जीबी राईको अडियो प्रायोजित हुन सक्छ ! खगेन्द्र सुनारको अडियो विषायन्तर गर्ने बहना!’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्