Logo
Logo

सर्वोच्चको मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुने


1.6k
Shares

काठमाडौं । अदालतको सर्भर अपडेट गर्नुपर्ने भएकाले २२ पुस अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुने भएको छ ।

अदालतमा प्रयोग रहेको सर्भर अपडेट गर्ने मुद्दा व्यवस्थापनलगायतका प्रणालीहरूको प्रयोगमा अवरोध आउने जनाएको छ । सो कारण सर्वोच्चले २२ पुसको पेसीमा स्थिति जनाउने लगायतका कार्य अपरान्ह ४ बजे अगावै सम्पन्न गर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

सोही कारणले २३ पुस शुक्रबारसमेत प्रणालीहरूमा केही समस्या आउन सक्ने भएकाले धैर्यता गरिदिनु हुन अदालतले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्