Logo
Logo

युवराज श्रेष्ठको नेतृत्वमा फोनिज बागमती प्रदेश समिति चयन



काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको हेटौडामा सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट युवराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

नवचिर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा राजेश रुम्बा र डोल्मा शेर्पा रहेका छन् । त्यसैगरी, श्याम राना मगर महासचिव, शिशिर दोङ संगठन सचिव, राजु नापित संस्थागत सचिव र शंकर श्रेष्ठ कोषाध्यक्ष निर्वाचित भएका छन् ।

मिना श्रेष्ठ, कमला तामाङ, पासाङ शेर्पा, पुर्णबहादुर मगर, उद्दवकुमार श्रेष्ठ, अर्बिन्द्रमान सिंह, सरोज लामा, पासाङ घिसिङ, सस्थागत सदस्य, रबीन्द्र सिन्हाली मगर, दिक्की डोल्मा शेर्पा, फुर्वा तामाङ सन्जय चौधरी र हिरालाल गुरुङ सदस्य निर्वाचित भएका छन् ।

त्यसैगरी, राजेन्द्र मानन्धर लेखा समिति संयोजक, दोलख गुरुङ र राकेश चौधरी सदस्य निर्वाचित भएका छन् भने बाबुकाजी श्रेष्ठ अनुशासन समिति संयोजक, रिदेन महर्जन र रसिया श्रेष्ठ सदस्य निर्वाचित भएका छन् ।

महाधिवेशनले पेमा लामा, पुर्णभक्त दुवाल र सम्झना श्रेष्ठलाई संघीय महाधिवेशन प्रतिनिधि निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्