काठमाडौं । सरकराले एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई तीन लाख रुपैयाँ दिने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद बैठकले खातुनलाई तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।
एक किशोरका प्रेम प्रस्ताव अस्वीकार गरेपछप दुई वर्षअघि मुस्कान तेजाब हमलाको सिकार भएकी थिइन् । अनुहार र शरीरमा चोट लागेकी उनले आफू पीडित भएयता एसिड आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने विषयमा आवाज उठाउँदै आएकी छन् ।
हालसालै मुस्कानले अमेरिकाको प्रतिष्ठित पुरस्कार पाएकी थिइन् ।











