Logo
Logo

मर्यादाक्रम हेरफेर हुँदै, मुख्यमन्त्रीको बरियता केन्द्रका मन्त्रीसरह



काठमाडौं ।

मुख्यमन्त्रीको मर्यादाक्रम केन्द्रीय सरकारको मन्त्रीसरह बनाइने भएको छ । प्रदेश र स्थानीय तहका पदाधिकारीले कर्मचारीभन्दा तल राखिएको भन्दै विरोध गरेपछि सरकारले मर्यादाक्रम हेरफेर गर्न लागेको हो ।

लेख्छ–यसअघि केन्द्रीय मन्त्री पछाडि मुख्यमन्त्रीको पर्यादाक्रम थियो । सम्बन्धित प्रदेशमा मुख्यमन्त्री र अरु ठाउँमा केन्द्रीय मन्त्रीको मर्यादाक्रम माथि रहने गृहको प्रस्तावमा उल्लेख छ ।

संघीय राजधानी काठमाडौंका मेयरको मर्यादाक्रम संघीय संसदका सदस्य सरह बनाउने प्रस्ताव छ । अरु महानगरका मेयरको मर्यादाक्रम भने मुख्यसचिव भन्दा तलै रहनेछ । उपमहानगर र नगरका मेयरकोमर्यादाक्रम केन्द्रीय सरकारका सचिव सरह बनाइनेछ । गाउँपालिका अध्यक्षको मर्यादाक्रम सहसचिव सरह हुनेछ ।

प्रतिक्रिया दिनुहोस्