Logo
Logo

ओलीले एकैपटक गरे ६१ जिल्ला अधिवेशनको उद्घाटन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयको ‘वार रुम’बाट एकैपटक देशका ६१ जिल्ला अधिवेशनको उद्घाटन गरेका छन् ।

शुक्रबार ६१ जिल्लाको एकैपटक अध्यक्ष ओलीले उद्घाटनपछि अधिवेशन सुरू भएको छन् । हिमाली जिल्लालगायत केही जिल्लामा अधिवेशन पछि हुने महासचिव शंकर पोखरेलले बताएका छन् ।

पार्टीका शीर्ष नेताहरू विभिन्न जिल्लामा केन्द्रित भएका छन् । आज अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशन उद्घाटनपछि भौतिकरूपमा सम्बोधन गर्न काभ्रे जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्