Logo
Logo

देउवा नेतृत्वको यो ‘कठपुतली सरकार’ हो : ओली


1.8k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘कठपुतली सरकार’को संज्ञा दिएका छन् ।
शुक्रबार एमालेको ६१ जिल्ला अधिवेशनको भर्चुअल माध्यमबाट उद्धघाटन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

एमाले केन्द्रीय कार्यालय काठमाडौंको एक्सन रुमबाट उनले जिल्ला अधिवेशनको उदघाटन गरेका छन् । जनमतबाट नभई परमादेशबाट गठन भएको देउवा नेतृवको सरकारले जनताको समस्या सम्बोधन गर्नमा चासो नदिएको उनले बताए । पाँच दलीय गठबन्धनको सरकारलाई ओलीले कठपुतली सरकार भएको बताए ।

पाँच दलीय गठबन्धनको सरकारले नागरिकको समस्या समाधान गर्न ‘चुँइक’ नबोल्ने बताउँदै उनले यस्ता दलका नेताहरु सरकारमा बस्ने नैतिकता गुमाइसकेको बताए ।

एमालेले कारबाही गरेका सांसदहरुलाई छुटै दल दर्ताका लागि सरकारले राजनीतिक दल सम्बन्धीको अध्यादेश ल्याएर आफूहरुलाई घेराबन्दी गर्न खोजेको स्पष्ट देखिएको उनले बताए ।

जनताको आशाभरोसा एमालेप्रति रहेको बताउँदै उनले एमालेले जनताको सेवा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । एमालेमा नेताहरु प्रवेश गर्नेक्रम बढी रहेको बताउँदै ति प्रवेश गर्ने नेताहरुले कुनै राजनीतिक नियुक्त पाउने लोभमा एमाले प्रवेश नगरेको बताए ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिमालले ६१ जिल्लामा अधिवेशन भइरहेको बताए । मौसम र आन्तरिक तयारीका कारण हुन नसकेका १६ जिल्लामा छिटै अर्को मिति तोकेर जिल्ला अधिवेशन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्