Logo
Logo

भारतबाट आएका १ हजार १२ मध्ये १५४ जनामा कोरोना संक्रमण पुष्टि



बुटवल । रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेका १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो तीन दिनमा १ हजार १२ जनाको एन्टिजेन परीक्षण गर्दा १५४ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको हो ।

जनस्वास्थ्य कार्यालयल रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार मंगलबार २०० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा, बुधबार २८० जनाको परीक्षण गर्दा ३५ जनामा र बिहीबार ५३२ जनाको परीक्षण गर्दा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बेलहिया नाकामा भएको एन्टिजेन परीक्षणमा पछिल्लो चार दिनमा संक्रमितहरुको संख्या लगातार बढ्दै गएको उनको भनाइ छ ।

भारतका नयाँदिल्ली, कोलकत्ता, बनारसलगायतका क्षेत्रबाट आएका नेपालीहरुमा संक्रमण देखिएको छ । संक्रमण दर बढेसँगै भारतबाट आउनेहरुको एन्टिजेन परीक्षण गर्न सीमा नाकामा हेल्थ डेस्कका लागि स्थान साँघुरो हुँदा परीक्षणमा समस्या भएको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्