Logo
Logo

ओलीले नारायणहिटी व्यापारीलाई दिएर भ्रष्टाचारलाई प्रोत्साहन गरे : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नारायणहिटीलाई ‘ग्राण्ड म्युजियम’ बनाउनुपर्ने बताएका छन् । आज (शुक्रबार) एकीकृत समाजवादीको काठमाडौं महानगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

नारायणहिटीलाई संसारकै नमुना म्युजियम बनाउनुपर्ने अध्यक्ष नेपालको भनाइ छ । उनले भने, ‘नारायणहिटीमा यस्तो म्युजियम बनाउनुपर्छ, जुन म्युजियम संसारकै नमुना होस् । मैले पटकपटक के भन्दै आएको छु भने नाराणहिटी ग्रण्ड म्युजियम बनाउनुपर्छ । र, त्यो संग्रलहमा नेपालको इतिहासको सबै झलकहरु देख्न पाइँयोस् ।’

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी व्यापारीलाई दिएर भ्रष्टाचारलाई प्रोत्साहन दिएको पनि बताए । उनले भने, ‘मैले नारायणहिटीमा कुनै पनि पसल नराखौं, बेग्लै योजनाकासाथ नारायणहिटीलाई ग्राण्ड म्युजियम बनाउन भनेर मैले भने, ओली त्यो गर्नैै दिएनन् । व्यापारीलाई त्याहाँ रेष्टुरेन्ट खोल्न दिएर भ्रष्ट्राचारलाई प्रोत्साहन हुने काम गरे ।’

नारायणहिटीमा रेष्टुरेन्ट बनाउन रोकेकोमा उनले पर्यटनमन्त्री प्रमेबहादुर आलेलाई धन्यवाद पनि दिए ।

प्रतिक्रिया दिनुहोस्