काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको आगामी निर्वाचन गठबन्धनको अन्तिम प्रहार हुने बताएका छन् ।
एमालेको जिल्ला अधिवेशन भर्चुअल रुपमा उद्घाटन गर्दै उनले राष्ट्रिय सभाको निर्वाचन एमालेका लागि प्रतिकूल हुने बताउँदै गठबन्धनबाट प्रहारको अन्तिम किस्ता रहेको बताएका हुन् ।
आगामी माघ १२ गते हुने निर्वाचनमा गठबन्धन विरुद्ध एमाले एक्लै भएकाले परिणाम प्रतिकूल भएपनि अहिलेको यथार्थ नभएको उनको भनाइ छ । साढे चार वर्षअघि नै जनताले दिएको मतका अहिले प्रयोग भइरहेको बताउँदै उनले भने, ‘परिणाम प्रतिकूल आउन सक्छ । आजको जनमत होइन, यथार्थ जनतमत होइन ।’
त्यो समय आफूहरुले विभिन्न पक्षलाई सन्तुलित मिलाएर, विभिन्न प्रकारका व्यवस्थापन गरेर विभिन्न प्रवृत्तिलाई सिट बाँडेकाका कारण अहिले समस्या आइलागेको बताए । उनले थपे, ‘पहिले नै निर्वाचित मतदाता हुने अवस्थामा, हाम्रो बेग्लै परिस्थितिको जनमतबाट बिगार्ने र भत्काउने साँठगाँठबाट हामी अनुकूल परिणाम नआउन सक्छ ।’
एमाले एक्लै अरु भन्दा बलियो रहेको उल्लेख गर्दै भ्रममा नपर्न आग्रह गरेका छन्। ‘जनसमुदायलाई स्पष्ट पार्न चाहन्छु । बेग्लै परिस्थितिको दुरुपयोग गरेर पैदा गरिएको हो। सकारात्मक परिणाम आएन भनेर अनौठो मान्नुपर्ने कारण छैन ।’














