Logo
Logo

ब्याजदर बढाएर सहकारीको समस्या समाधान हुँदैन : मन्त्री श्रेष्ठ



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीलाई परेको समस्याको समाधान ब्याजदर बढाएर समाधान नहुने बताएकी छन् ।

नेपाल सहकारी पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले व्याजदर बढाउने बिषय सहकारीको नीति बिपरित रहेको भन्दै ब्याजदर बढाएर समाधान नहुने बताएकी हुन् ।

मन्त्री श्रेष्ठले सहकारीबाट जनता ठगिने देखिएकोले त्यसलाई रोकिने स्पष्ट पारे । उने सहकारीको परिचालनसम्बन्धी भिजन पेपर बनाउन लगाएको भन्दै हचुवाको भरमा सहकारी नीति नवनाइने स्पष्ट पारिन् ।

केही सहकारीको बेइमानीका कारण यस क्षेत्रप्रति जनताको विश्वास घट्दै गएकाले नियतमा खराबी भए कारबाही र नीतिगत समस्या भए समाधान गर्न आफु तयार रहेको उनले उनको भनाइ थियो । मन्त्री श्रेष्ठले संस्थाको फाइदाभन्दा पनि जनताको आवश्यकताका आधारमा परिचालित हुनुपर्ने धारणा राखिन् ।

प्रतिक्रिया दिनुहोस्