Logo
Logo

एनआईबीएल एसको अन्तक्र्रिया तथा सचेतनामूलक कार्यक्रम



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलको आयोजनामा एक अन्तक्र्रिया तथा लगानी सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीले स्थानीय लगानीकर्ताका विभिन्न जिज्ञासाको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुका बारेमा छलफल गरेका थिए ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २०७८ पुस २३ गते प्रदेशस्तरमा लगानीकर्ता सचेतना अभिवृद्घि कार्यक्रम गर्ने सिलसिलामा प्र्रदेश नं २ वीरगञ्जमा एक अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा लगानीकर्ताको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझावसमेत प्रदान गरेका थिए । यसअघि यस्तै अन्तक्र्रिया कार्यक्रम सुदूरपश्चिम प्रदेशको धनगढीमा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्