Logo
Logo

सरकारले तोकेको उखु मूल्यमा किसान असन्तुष्ट



काठमाडौं । उखु किसान सम्बद्ध राष्ट्रिय कृषि श्रमिक संघ नेपालले सरकारले तोकेको मूल्यप्रति असन्तुष्ट जनाएको छ ।

गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ तोकेको थियो । तोकिएको मूल्य आफूहरुको हितमा नभई उद्योगीको पक्षमा रहेको किसानको आरोप छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ मूल्यले समग्र किसानलाई धोका भएको जनाएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार किसानको पक्षमा उभिएन, उद्योगीहरुको हित रक्षाका लागि समर्थन मूल्य कायम गरेको देखिन्छ ।’ संघले समर्थन मूल्य प्रतिक्विन्टल ७ सय हुनुपर्ने माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्