Logo
Logo

आफूले गज्जब काम गरेको भन्दै ओली गुड्डी हाँक्दै हिँडेका छन् : अध्यक्ष नेपाल


1.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले आफूले गज्जब काम गरेको भनेर गुड्डी हाँक्दै हिँडेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन् ।

फाइल फोटो

ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरुले अलग पार्टी बनाएको बताउँदै अध्यक्ष नेपालले भने, ‘प्रचण्डको टाउकोमा टेकेर आफूलाई अग्लो देखाउन मात्र केपी ओलीले विगतमा नेकपा एकता गराएको हो ।’ उनले ओलीले राप्रपाका नेताहरुलाई प्यारो ठान्ने गरेको टिप्पणी गरे ।

‘अहिले तपाईँहरुलाई थाहा छ, राप्रपा प्यारो छ, केपी ओलीका लागि । महन्थ ठाकुर प्यारा छन्, केपी ओलीका लागि । विदेशीहरु प्यारा छन, उनका लागि’ अध्यक्ष नेपालले भने, ‘तर आफ्नै पार्टीका कार्यकर्ताहरु, जसले उनलाई बा भन्दैनन् । जसले उसलाई पुज्दैनन् । भजन गाउँदैनन् । जसलाई बालकोटको बार्दलीमा निस्केर तथानाम गाली गरे । त्यो के हो भने प्रधानमन्त्रीबाट निकालेको पीडा बोलेको हो ।’

उनले पीडा धेरै भइसकेपछि त्यो मुखबाट बाहिर निस्कने बताउँदै ओली बालुवाटारबाट बालकोट पुग्नेवित्तिकै भुक्नु परेको बताए ।
अध्यक्ष नेपालले भने, ‘हामी पहिले खुसी भएका थियौं । दुईटा पार्टीहरु मिल्ने भए–एमाले र माओवादी भनेर । तर, ओली यो उद्देश्य भनेको प्रचण्डको टाउकोमा चढेर म सबैभन्दा अग्लो छु भनेर देखाउने सोच पो रहेछ ।’

प्रतिक्रिया दिनुहोस्