काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा पुनः कोरोना संक्रमित बढ्न थालेका छन् । यस्तै, शनिबार देशभर थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पछिल्लो २४ घण्टामा १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । सोही अवधिमा २९७ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३१ हजार ७४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९७ हजार ८९ जना पुगेको छ । । पछिल्लो २४ घण्टामा मृत्यु भने कसैको भएको छैन । हालसम्म संक्रमितमध्ये कुल ११ हजार ६०२ जनाको मृत्यु भएको छ ।














