Logo
Logo

त्रिपालले छोपेर थन्काइएको १६ महिनापछि बल्ल गुड्यो रेल



धनुषा । खरिद गरेर पनि नचलाइ झण्डै १६ महिनादेखि थन्काएर राखेको नेपालको शनिबार गुडाइएको छ । भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडबाट खरिद गरिएको रेल धनुषाको इनर्वास्थित रेल्वे स्टेशनमा त्रिपालले छोपेर थन्काइएको छ ।

उक्त रेल शनिबार परीक्षणका लागि गुडाइएको हो । पार्किङ गरेको ठाउँबाट परीक्षणका लागि रेल गुडाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए । उनका अनुसार भारतबाट १४ जनाको प्राविधिक टोली बोलाएर परीक्षण गरिएको हो ।

लामो समयसम्म पार्किङ गरेर राखिएका कारण रेलको पार्टपूर्जाको अवस्थाबारे बुझ्न परीक्षण गरिएको बताइएको छ । उक्त रेल कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले गत २ असोज २०७७ मा नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए । त्यसबेला रेल हेर्नेको भीड लागेको थियो ।

नेपाल रेल्वे कम्पनीका अनुसार रेल १६०० एचपी डेमुको हो । रेलको अगाडि र पछाडिसमेत इन्जिन रहेको छ । प्रति घण्टा १ सय १० किलोमिटरको गतिमा गुड्न सक्ने क्षमताको उक्त रेलमा ५ वटा डिब्बा रहेका छन् ।

भारतको जयनगरदेखि नेपालको जनकपुर, सीतापुर भंगहा हुँदै बर्दिवाससम्म संचालनका लागि रेल खरिद गरिएको उक्त रेल ट्रयाक बन्न नसक्दा सञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्