Logo
Logo

राष्ट्रपति र ओली मिलेर संविधान नै खत्तम पार्न खोजे : पूर्वराष्ट्रपति यादव



काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्या भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मिलेर संविधान नै खत्तम पार्न खोजेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा चन्द्रदेव जोशीद्वारा लिखित पुस्तक ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ विमोचन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

फाइल फोटो

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपति समेत रहेका यादवले तत्कालीन प्रधानमन्त्री ओली र राष्ट्रपति भणडरी मिलेर एक वर्षमा दुई, दुई चोटी संविधानमाथि आक्रमण गरेर खत्तम पार्न खोजेको टिप्पणी गरेका हुन् ।

उनले आफैँले खडा गरेका राज्यका मुख्यमुख्य संस्थाहरुलाई पौष्टिक आहार दिएर मजदुत बनाउनुको सट्टा बारम्बार आक्रमण गरिएको भन्दै आपत्ति जनाएका थिए ।

पूर्वराष्ट्रपति यादवले पाँच राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि र अदालतले संविधान जोगाएको उल्लेख गर्दै राष्ट्रपति भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरुलाई एकठाउँमा राखेर सदनमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्नुपर्ने बताए ।

उनले भने, ‘यो संविधानमाथि बारम्बार आक्रमण भइराखेको छ, यो चार वर्षमा । त्यसमा पनि एक वर्षदेखि २÷२ चोटि संविधानमाथि आक्रमण भएको छ । सदनमाथि आक्रमण भएको छ । म भन्न चाहन्छु–जुन समस्याहरु खडा गरेका छौं । ती संस्थाहरुलाई पौष्टिक आहार दिने, यसलाई मजदुत गर्ने, लोकतन्त्रका तीन वटा संस्थाहरु, जुन पिल्लर हुन्छ । त्यसमा बारम्बार प्रहार गरियो ।’

प्रतिक्रिया दिनुहोस्