Logo
Logo

कुर्था-जयनगर रेल सेवाको सफल परीक्षण


1.1k
Shares

धनुषा । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेलको सफल परीक्षण भएको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्ने रेल सेवाको शनिबार परीक्षण गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

सो रेल सेवा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी गरिएको छ ।

भारतीय रेल्वे कम्पनी कर्पोरेसनबाट २०७७ साल असोज २ गते खरिद गरेर ल्याइएका दुई सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी राखिएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जन झा, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालगायत टोलीलाई चढाएर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म करिब ३९ किलो मिटरको रेल्वे लिकमा रेलको परीक्षण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्