Logo
Logo

एमाले जिल्ला अधिवेशन : काभ्रे अध्यक्ष र उपसचिव सर्वसम्मत


1k
Shares

काभ्रेपलाञ्चोक । नेकपा एमालेको काभ्रेको १०औँ जिल्ला अधिवेशनले अध्यक्ष र एक उपसचिव पदमा सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा अशोक ब्याञ्जू र उपसचिवमा रीता ढकाल चयन हुनुभएको हो ।

शनिबार अबेरसम्म भएको छलफलबाट उहाँहरु चयन हुनुभएको हो । ब्याञ्जू हाल नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरका प्रमुख हुनुहुन्छ । ढकाल तत्कालीन समयमा नेकपा ९माओवादी केन्द्र०बाट मण्डनदेउपुर नगरप्रमुखको उम्मेदवार हुनुभएको थियो ।

अन्य पदाधिकारी र सदस्यको आज धुलिखेलमा निर्वाचन हुँदैछ । १०५ जिल्ला कमिटीमध्ये अब एक उपाध्यक्ष, एक सचिव, एक उपसचिव र सदस्यमा मतदान हुनेभएको हो ।

प्रतिक्रिया दिनुहोस्