काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज थ्री स्टार र हिमालयन शेर्पा क्लब खेल्दैछन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे खेल हुने छ ।
थ्री स्टार ७ खेलमा १० अङ्क जोडेर अङ्क तालिकाको छैटौँ स्थानमा छ । समान खेलमा हिमालयन शेर्पा ११ अङ्कका साथ पाँचौँ स्थानमा छ ।











