Logo
Logo

एमाले कपिलवस्तुको अध्यक्षमा शर्मा निर्वाचित



बुटवल । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन् । अध्यक्षका लागि शनिबार भएको निर्वाचनमा २ सय ३८ मत ल्याउँदै शर्मा निर्वाचित भएका हुन् ।

यस्तै, उनका प्रतिस्पर्धीद्वय बाबुराम खनालले १८६ र नेत्र अधिकारीले १ सय मत ल्याएका थिए । उपाध्यक्षमा विश्रामप्रसाद थारु निर्वाचित भएका छन् । थारुले ३ सय ४५ मत प्राप्त गर्दा प्रतिस्पर्धी हिरालाल पौडेलले १ सय ६६ मत प्राप्त गरेका थिए ।

यस्तै, सचिवमा १७८ मतसहित चन्द्रबहादुर सीबी गहतराज विजयी भएका छन् । प्रतिस्पर्धी विश्व कार्कीले १७६ मत पाए । सुरुमा सचिवमा कार्कीलाई ५ मत अन्तरले विजयी घोषणा गरिएको थियो । तर, गहतराजले पुनः गणनाको माग गर्दा कार्की पराजित भएका हुन् ।
यस्तै उपसचिव खुल्लामा अर्जुन केसी र महिला उपसचिवमा सुशीला दर्लामी सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्